कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

दैलेख


परिचय

कृषि ज्ञान केन्द्र, दैलेखको रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालयमा आ.ब २०७६/७७ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली  प्रदेश अन्तरगतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि विकास कार्यालयको नाममा सेवा प्रदान गर्दै आएको छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ ।

    वर्तमान नेपालको बदलिदो संरचना अनुसार बिगतमा जिल्ला कृषि बिकास कार्यालयबाट प्रदान हुदै आएका सेवा सुबिधाहरु स्थानीय तहबाट प्रबाह भै रहेको अवस्थामा विउ/बाली/बिषादी/रासायनिक मलखाद निरिक्षण, एग्रोभेटहरुको कारोबारमा नियगमन, रोग कीराको पहिँचान तथा व्यवस्थापन,  प्रयोगशाला परिक्षण इत्यादी बिशेषज्ञ सेवा प्रदान गर्नु केन्द्रको प्रमुख दायित्व रहन आएको छ ।  उपरोक्त सेवाहरु बाहेक अनुदान प्रणालीमा आधारित भई नीजि उद्यमी, कृषक समूह, कृषक सहकारी संस्थाहरु मार्फत ब्यावसायिक कृषिजन्य बाली/बस्तुहरुको उत्पादन तथा उत्पादकत्व बृद्धि र खेती प्रणाली सुधार तथा बजार प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरुपनि कार्यलयबाट  हुदै आएका छन् ।

    कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार प्राङ्गारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम संचालन, जैबिक तथा वनस्पतिक विषादीको प्रयोगबाट रोग/कीरा व्यवस्थापन , प्राङ्गारिक मलखादको गुणस्तरमा सुधार, एकिकृत खाद्यतत्व व्यवस्थापन इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित बाली/बस्तुहरुको मूल्य अभिवृद्धि, कृषि व्यापार/व्यवसाय, कृषि पर्यटन, कृषि प्रशोधन, खाद्य स्वस्थता, गुणस्तर नियन्त्रण केन्द्रका वृहत प्राथमिकता क्षेत्र रहेकाछन् ।

उद्देश्य

  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।

    २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।

    ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।

    ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।

    ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।

    ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।

    ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।

योजना

१. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।

२. कृषि उद्यमी‚निजी क्षेत्र‚अनुसन्धान केन्द्र‚कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने।

३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।

४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।

५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।

६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।

७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।

८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।

९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।

© 2020 Copyright : कृषि विकास कार्यालय, दैलेख
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.